१३ किलो ९०५ ग्राम चरेस सहित २ जना पक्राउ
ratopati.com · Sat Aug 29 04:40:33 GMT 2026

कञ्चनपुर । कृष्णपुर नगरपालिका –०५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई पक्राउ गरिएको छ ।
शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस फेला परेको हो ।
Read full story at source (ratopati.com)