पानामाविरुद्ध क्रोएसियालाई सुरुवाती अग्रता, एन्टे बुडिमिरले गरे गोल
nepalviews.com · Wed Jun 24 00:39:52 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा क्रोएसियाले पानामाविरुद्ध सुरुवाती अग्रता लिएको छ। क्यानडाको टोरन्टो स्टेडियममा भइरहेको समूह चरणको रोमाञ्चक खेलमा क्रोएसियाले १–० को अग्रता बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्रोएसियाली टोली आक्रामक रूपमा मैदान उत्रियो। खेलको ५३औँ मिनेटमा क्रोएसियाका एन्टे बुडिमिरले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाए। उनले जोसिफ स्टानिसिकको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पानामाको रक्षापङ्क्तिलाई भेदेर गोल गरेका हुन्।
Read full story at source (nepalviews.com)