बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
ratopati.com · Wed Jul 15 10:49:53 GMT 2026

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय लाइभ म्युजिक पबमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो । इरावान आपत्कालीन चिकित्सा केन्द्रका अनुसार बुधबारसम्म ३० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
तीमध्ये १५ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ भने ४४ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । थाइल्यान्डमा पछिल्लो १७ वर्षयताकै सबैभन्दा घातक मानिएको यो आगलागी आइतबार राति रोङ बियर ना लाडफ्राओ नामक पबमा भएको थियो । आगो नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब ३० मिनेट लागेको थियो ।
Read full story at source (ratopati.com)