एसियन गेम्स क्वालिफायरः चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक पराजित
kendrabindu.com · Sun May 31 05:53:07 GMT 2026
काठमाडाैं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको समूह ‘ए’ को पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको ऐतिहासिक जित दर्ता गरेको छ । कुशल भुर्तेलको विष्फोटक शतकको मद्दतले नेपालले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउने क्रममा चीन मात्र ९२ रनमा समेटिन पुग्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल तयार पारेको थियो । नेपालको लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले विष्फोटक इनिङ खेल्दै मात्र ४३ बलमा १२९ रन बनाए । उनको यो इनिङमा १६ छक्का र ५ चौका समावेश थिए । उनलाई उत्कृष्ट साथ दिँदै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन र कप्तान रोहित पौडेलले मात्र २१ बलमा अविजित ६९ रनको योगदान दिए । अर्का ओपनर आसिफ शेख भने ११ रन बनाएर आउट भए ।
Read full story at source (kendrabindu.com)