नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसुचना प्रवाह गर्ने
ajakoartha.com · Wed Jul 15 10:55:00 GMT 2026

काठमाडौं- नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसुचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ । यस सम्बन्धी आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस प्रकारको एसएमएस प्रवाह विगत देखि नै भइरहेको र यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवै जनाले एक अर्को संस्थाप्रति आभार व्यक्त गरेका छन् । उनिहरुले भविष्यमा समेत यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
Read full story at source (ajakoartha.com)