भावुकता र ठट्यौली मिसिएको शिवशंकर थापाको पलेँटी
shilapatra.com · Sun May 31 06:06:41 GMT 2026

गत शुक्रबार साँझ काठमाडाैंको कालिकास्थानस्थित नेपालयको 'आर'शालामा प्रसिद्ध गीतकार शिवशंकर थापाको 'पलेँटी' सम्पन्न भएको छ । 'पलेँटी' विगत २१ वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार प्रारम्भ हुने गर्छ । यस कार्यक्रमले नेपाली आधुनिक संगीत विधाका गीतकार संगीतकार र गायकलाई समानान्तर रूपमा प्रस्तुत गर्दै आएको छ । शिवशंकर थापासँगै पलेँटीमा सम्लग्न गीतकारको संख्या एक दर्जन पुगेको छ ।
संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरेर प्रस्तुत गरिएको थियो । पहिलो खण्डमा नयाँ र पुराना गीत गरी पाँचवटा सांगीतिक प्रस्तुतिहरु भएका थिए । जसमा संगीतकार सुवर्ण लिम्बु, प्रकाश गुरुङ, आभास र बलराम समालका धुनहरू समावेश थिए ।
Read full story at source (shilapatra.com)