भारतबाटै राहतमा जुटिन् अभिनेत्री विपना थापा
kalakarmi.com · Sat Aug 29 04:53:29 GMT 2026

काठमाडौं- अभिनेत्री विपना थापा यतिबेला भारतको नयाँ दिल्लीमा छिन् । आफ्नो देश नेपाल प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला प्रत्यक्ष रूपमा राहत तथा उद्धारमा सहभागी हुन नपाए पनि उनले भारतमै रहेर बाढीपीडितको सहयोगका लागि आर्थिक सहयोग जुटाउने पहल गरिरहेको जानकारी प्राप्त भएको छ ।
रक्षा वन्धनको अवसरमा दाजुभाइबाट प्राप्त दक्षिणालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी विपद्मा परेका नेपालीको सहयोगमा लगाउने निर्णय गरेकी थिइन् । सोही क्रममा उनले आफ्नो तथा उनका श्रीमान् डा.आशुतोष भारद्वजको तर्फबाट २ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेकी छिन् । त्यसबाहेक उनका भाइहरू तथा साथीभाइबाट समेत सहयोग जुट्ने क्रम जारी छ ।
Read full story at source (kalakarmi.com)