पञ्चेबाजा संरक्षण गरी आम्दानी गर्दै प्यूठानका महिला
annapurnapost.com · Sun May 31 06:04:05 GMT 2026

प्यूठान : प्यूठानका महिलाहरुले पञ्चेबाजा बजाउने तालिम लिएर यसको संरक्षणसँगै आम्दानी गर्न थालेका छन् । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवाराका महिलाहरुले पञ्चेबाजा बजाउन थालेका हुन् । धार्मिक तथा सास्कृतिक कार्यक्रमहरुमा पञ्चेबाजा लोप हुन थालेपछि उनीहरुले पञ्चेबाजा बजाउने तालिम लिएर यसको संरक्षणसँगै आम्दानी पनि गर्न थालेका छन् ।
घरायसी र मेलापातको काममा व्यस्त हुने यहाँ महिलाहरु पञ्चेबाजा बजाउने तालिम लिएर संस्कृतिको जगेर्ना गर्दै आम्दानी पनि गर्न थालेका छन् । ‘दलित समुदायले मात्र बाजा बजाउने काम गर्दै आएकोमा पछिल्लो समय अन्य जातिका महिलाहरु पनि अघि सरेका छन्’, स्थानीय मानबहादुर पुनले भने, ‘सीप पुस्तान्तरण नहुँदा र गाउँमा युवाहरु नहुँदा आमा समूहमा आवद्ध महिलाहरुले सीप सिकेका हुने ।’
Read full story at source (annapurnapost.com)