एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालले के-के बनायो रेकर्ड ?
nepalpress.com · Sun May 31 06:16:44 GMT 2026
काठमाडौं । टी २० क्रिकेटको विश्व वरीयतामा ८९ औं नम्बरमा रहेको छिमेकी राष्ट्र चीनमाथि १७ औं स्थानमा रहेको नेपालले आज राम्रैसँग क्रिकेटको पाठ पढाएको छ । यो म्याच नेपालका लागि किर्तिमान बनाउने अवसरजस्तो बन्यो ।
सिंगापुरमा भएको म्याचमा टस जितेको चीनले नेपाललाई ब्याटिङको निम्तो दिएर गुन लगायो । गुन यस अर्थमा कि नेपालले पूरा २० ओभर खुलेर ब्याटिङ गर्न पायो र खेलाडीहरूले धक फुकाएर सटहरू हाने । आजको म्याचले नेपाली समर्थकलाई तीन वर्षअघि चीनमा आयोजित एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्ध भएको म्याच सम्झाएको थियो ।
Read full story at source (nepalpress.com)