धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
ratopati.com · Wed Jul 15 11:39:11 GMT 2026

काठमाडौँ । नेकपा एमालेले प्रदर्शनका क्रममा पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष दिपक धामीसहितका सात जना विद्यार्थी नेताहरूलाई तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।
महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै मुलुकमा व्याप्त आकासिँदो मूल्यवृद्धि, सुकुमबासी नागरिकहरूमाथिको अत्याचार र शृङ्खलाबद्ध राज्य आतङ्कका विरुद्ध जनसरोकारका मुद्दा उठाई सिंहदरबार गेट अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूमाथि सरकारले गरेको बर्बर दमन र गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
Read full story at source (ratopati.com)