चीनसँग हार्दा नेपालको एसियन गेम्समा छनोट हुन असफल
nepalviews.com · Sun May 31 06:38:25 GMT 2026
काठमाडौं । एसियन गेम्स् महिला क्रिकेट छनोटको तेस्रो प्लेअफमा चीनसँग पराजित हुँदा नेपाल २० औँ एसियन गेम्स्मा छनोट हुन असफल भएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा आइतबार भएको खेलमा नेपाल चीनसँग ५ विकेट पराजित भएको हो ।
वर्षाका कारण खेल प्रभावित भएपछि खेललाई ७ ओभरमा सीमित गरिएको थियो । नेपालले ५ विकेटको क्षति ५० रन बनाएको थियो । त्यसपछि डकवथ लुइस समीकरणअनुसार चीनलाई ७ ओभरमा ४३ रनको संशोधित लक्ष्य दिइएको थियो ।
Read full story at source (nepalviews.com)