रेड डट र आईएफ डिजाइन अवार्ड विजेता चेरी क्यू नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने
baahrakhari.com · Wed Jul 15 12:03:45 GMT 2026

काठमाडौं । पायोनियर मोटो कर्पले अन्तर्राष्ट्रिय डिजाइन अवार्ड विजेता चेरी क्यू विद्युतीय क्रसओभरलाई नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपाली बजारमा पहिलोपटक सार्वजनिक गर्ने भएको छ ।
कम्पनीका अनुसार चेरी क्यूले विश्वप्रसिद्ध २०२५ रेड डट डिजाइन अवार्ड तथा २०२६ आईएफ डिजाइन अवार्ड जित्न सफल भएको छ । रेड डट डिजाइन अवार्डले आकर्षक डिजाइन, नवीन सोच तथा सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनका लागि चेरी क्यूलाई सम्मानित गरेको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय डिजाइन विज्ञहरूको निर्णायक मण्डलले प्रदान गर्ने उक्त अवार्डलाई विश्वकै प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिन्छ ।
Read full story at source (baahrakhari.com)