हरेकजसो सार्वजनिक कार्यक्रममा पोखराका मेयरलाई एउटा प्रश्न आइलाग्छ –फोहोर व्यवस्थापनमा के भइरहेको छ ? प्रशोधन केन्द्र कहिले बन्छ ?’
barnanmedia.com · Wed Jul 15 11:58:52 GMT 2026

मेयरमा निर्वाचित भएकै समयमा धनराज आचार्यले भनेका थिए, ‘पोखराको फोहोर व्यवस्थापन हेर्न टिकट काटेर जाने बनाउछौँ । यो अध्ययनको केन्द्र बन्ने छ ।’ त्यसपछि उनले हरेकजसो भाषणमा भन्दै आएका छन्, ‘फोहोर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा छ ।’
आचार्यले यसो भन्न थालेको ३ वर्ष नाघिसक्यो । पोखरा १४ स्थित बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सार्नुपर्ने भएपछि फोहोर व्यवस्थापन पोखराका लागि टाउको दुखाइ बनिरहेको छ । ६ महिनाका लागि अस्थायी व्यवस्थापन गर्न भनेर पोखरा ३२ लामे आहालको सेती नदी किनारमा फोहोर फाल्न थालियो । झण्डै साढे ४ वर्ष त्यहाँ फोहोर फालेपछि अर्को अस्थायी व्यवस्थापन भनेर गत फागुनदेखि पोखरा २१ को रैचौर वन क्षेत्रमा फाल्न थालिएको छ ।
Read full story at source (barnanmedia.com)