नेकपा बहुमतद्वारा अध्यक्ष मण्डलका सदस्य लोहनीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन
ratopati.com · Sat Aug 29 04:56:30 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।
पार्टी अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष धर्मेन्द्र बाँस्तोला कञ्चनको अध्यक्षतामा छलफल भइरहेका बेला गुणराजले अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको आरोप लगाइएको छ। यस्तो व्यवहारले पार्टीको अध्यक्ष मण्डलका सदस्यको हैसियत, मर्यादा र अनुशासन उल्लंघन गरेको निष्कर्ष निकाल्दै उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।
Read full story at source (ratopati.com)