बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
ratopati.com · Wed Jul 15 12:10:28 GMT 2026

बैतडी । जिल्ला प्रशासन कार्यालयले कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै सेवा प्रदान गर्ने व्यवस्था लागू गर्ने भएको छ । यसका लागि कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ सुरु गर्न लागेको हो।
प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइनेछ।
Read full story at source (ratopati.com)