फलेवासको बजेट: कृषि, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता
gorkhapatraonline.com · Wed Jun 24 02:36:10 GMT 2026

फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ३ लाख १२ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। मङ्गलबार सम्पन्न १८औँ नगरसभामा उपप्रमुख शोभाकुमारी क्षेत्रीले बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेटमध्ये चालुतर्फ ५४ करोड ८९ लाख २ हजार रुपियाँ (७९.५२ प्रतिशत) र पुँजीगततर्फ १४ करोड १४ लाख १० हजार रुपियाँ (२०.४८ प्रतिशत) विनियोजन गरिएको छ।
नगरपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक विकासतर्फ ३ करोड ५३ लाख रुपियाँ विनियोजन गरिएको छ। यसमध्ये कृषि क्षेत्रमा १ करोड ४५ लाख रुपियाँ, पशुपन्छी विकासमा ५७ लाख रुपियाँ, पर्यटन प्रवर्द्धनमा ५४ लाख रुपियाँ तथा उद्योग र रोजगारी कार्यक्रमका लागि १६–१६ लाख रुपियाँ छुट्याइएको छ।
Read full story at source (gorkhapatraonline.com)