विगतका कर, शुल्क र ब्याज मिनाहा गर्ने सरकारको व्यवस्था, निष्क्रिय प्यान स्वतः खारेज
aarthiknews.com

काठमाडौं । सरकारले करको दायराबाहिर रहेका तथा लामो समयदेखि आय विवरण नबुझाएका करदातालाई लक्षित गर्दै आयकर, शुल्क तथा ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था ल्याएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि जारी गरिएको आर्थिक विधेयकमार्फत यस्तो व्यवस्था गरिएको हो।
नयाँ व्यवस्थाअनुसार विगतमा स्थायी लेखा नम्बर (प्यान) नलिई कर लाग्ने आय आर्जन गरेका तर आयकर विवरण दाखिला नगरेका व्यक्तिले अब प्यान लिएर आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको आय विवरण २०८३ साल पुस मसान्तभित्र बुझाएमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।
Read full story at source (aarthiknews.com)