भीरबाट लडेर सरस्वतीको मृत्यु
thahakhabar.com
बैतडी : भीरबाट लडेर शनिबार बैतडीमा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गापा–८ लुपुँडकी ३० वर्षीया सरस्वती धामी बोहरा रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
सिगास गापामा कम्प्युटर अपरेटर पदमा कार्यरत सरस्वतीको घरनजिकैको भीरमा शनिबार दिउँसो खर काटिरहेका वेला लडेर घटनास्थलमै ज्यान गएको हो।
Read full story at source (thahakhabar.com)