ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु
barnanmedia.com · Wed Jul 15 12:43:36 GMT 2026

प्युठानको नौबहिनी गाउँपालिका–५, दामृमा पार्किङ गरेर राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ । अर्का एक बालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार भे. २ त. २०१९ नम्बरको ट्याक्टर एक्कासी ब्याक भइ करिब चार सय मिटर तल खस्दा स्थानीय गङ्गा घर्ती मगरका सात वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)