इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय
ratopati.com · Sat Aug 29 05:04:07 GMT 2026

काठमाडाैँ । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ । मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष सङ्लग्न भएको ठहर गरिएको हो ।
Read full story at source (ratopati.com)