महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता
gorkhapatraonline.com · Sun May 31 07:44:56 GMT 2026

महाकाली नदी किनारबाट दुई जना युवा बेपत्ता भएका छन् । डडेल्धुराको परशुराम नगरपालिका –५ स्थित महाकाली नदी किनारबाट सशस्त्र प्रहरीको एक जवानसहित दुई जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहकाअनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।
Read full story at source (gorkhapatraonline.com)