भारतले भन्यो- नेपालको बाढीमा ३२० भारतीय नागरिक बेपत्ता
kendrabindu.com · Sat Aug 29 05:01:12 GMT 2026

काठमाडौं । भारतले रसुवाको भोटेकोशी आएको भीषण बाढीमा परेर अहिलेसम्म ३२० जना भारतीय नागरिक बेपत्ता भएका बताएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार राति नेपालको बाढीमा अहिलेसम्म ३२० भारतीय बेपत्ता भएका बताएको हो ।
मन्त्रालयले अहिलेसम्म ८४ भारतीय नागरिकको सुरक्षित उद्धार भएको पनि जनाएको छ । जसमा तमिलनाडुका २१ जना रहेका छन् । ‘उनीहरू शुक्रबार भारत फर्किएका छन्,’ मन्त्रालयले भनेको छ, ‘६३ जना त्रिशूली–वन प्रोजेक्टमा काम गरिरहेका थिए । उनीहरूको सुरक्षित उद्धार भइसकेको छ ।’
Read full story at source (kendrabindu.com)