रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा
onlinekhabar.com · Sat Aug 29 05:03:46 GMT 2026

१३ भदौ, जनकपुरधाम । रसुवामा आएको बाढी तथा विपद्का क्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पुगेका १७४ जना सम्पर्कविहीन भएका छन् । परिवार तथा आफन्तजनले निवेदन तथा टेलिफोन मार्फत टपाएको आधारमा मधेश प्रदेश प्रहरी कार्यालयले तथ्यांक बनाएको प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको थ्यांकअनुसार रसुवामा सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सप्तरीका ४८ जना छन् । त्यसैगरी पर्साका ३९, बाराका २३, रौतहटका १७, महोत्तरीका १७, सर्लाहीका १५, सिरहाका १० र धनुषाका ५ जना रहेका छन् ।
Read full story at source (onlinekhabar.com)