आर्थिक संकटबिच श्रीलंकाले इन्धनको मूल्य बढायो
ratopati.com · Sun May 31 08:44:35 GMT 2026

श्रीलंका । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो।
राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको मूल्य ३९२ रुपैयाँबाट बढेर ४०७ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।
Read full story at source (ratopati.com)