भोलिदेखि आईपीओ निष्काशन गर्दै सानिगाड हाइड्रो
arthasansar.com

सानिगाड हाइड्रो लिमिटेडले भोलि जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
उक्त आईपीओमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।
Read full story at source (arthasansar.com)