भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
ratopati.com · Wed Jul 15 14:24:30 GMT 2026

पोखरा। नेपाल र भारतबिच ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।
बुधबार सम्पन्न जेएससी बैठकको सह–अध्यक्षता भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले गरेकी थिइन्। यसअघि असार ३० गते बसेको जेडब्ल्युजी बैठकको सह–अध्यक्षता भारतका सहसचिव (प्रसारण) पङ्कज कुमार र नेपालका सहसचिव सन्दीप कुमार देवले गरेका थिए।
Read full story at source (ratopati.com)