नेपाल–भारत ऊर्जा बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा जोड
nepalviews.com · Wed Jul 15 14:45:03 GMT 2026

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जेएससीको बैठक बुधबार ऊर्जा सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सह–अध्यक्षतामा बसेको हो । यसअघि मंगलबार जेडब्ल्युजीको बैठक भारतका विद्युत् मन्त्रालयका सहसचिव (प्रसारण) पंकज कुमार र नेपालका सहसचिव सन्दीप कुमार देवको सह–अध्यक्षतामा सम्पन्न भएको थियो ।
Read full story at source (nepalviews.com)