आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
nagariknews.nagariknetwork.com · Wed Jun 24 05:05:51 GMT 2026

पाल्पामा महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन्। स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन्। विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन्।
केही महिला सीप सिकेर स्वरोजगार बनेका छन् भने केही सीप सिकिरहेका छन्। तानसेन नगरपालिका–५ कैलाशनगरकी मालती अधिकारीले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनका क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ। यसअघि स्वेटर, टोपी, मोजालगायत बुन्न सिकेको र अहिले वडा कार्यालयको सहयोगमा जुत्ता, चप्पल बनाउन सिकेको सीपले हाम्रो जीवनस्तर सुधार हुने ठानेकी छु।’ उनले भनिन्, ‘सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा उकासिने आशा छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)