चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
ratopati.com · Wed Jul 15 14:53:28 GMT 2026

चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विश्वव्यापी मागका कारण निर्यात बलियो रहे पनि मध्यपूर्वको युद्धबाट उत्पन्न व्यापारिक अवरोध, कमजोर घरेलु माग र सम्पत्ति क्षेत्रको लामो सङ्कटले आर्थिक वृद्धिमा दबाब परेको सरकारी तथ्याङ्कले देखाएको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) ले अप्रिलदेखि जुनसम्मको अवधिमा अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार भएको जनाएको छ । यो एएफपीले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूको ४.५ प्रतिशतको अनुमानभन्दा कम हो भने सन् २०२२ को चौथो त्रैमासिकयताकै न्यून वृद्धि हो । यो चीन सरकारले चालु वर्षका लागि तय गरेको ४.५ देखि ५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यभन्दा पनि तल रहेको छ ।
Read full story at source (ratopati.com)