ढल्केवरबाट भारततर्फ १,६५० मेगावाट विद्युत निर्यात गर्न नेपाल–भारत सहमत
arthasansar.com

नेपाल र भारतबीच ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (Joint Steering Committee–JSC) को बैठकले हाल १,१०० मेगावाट रहेको निर्यात क्षमता बढाएर १,६५० मेगावाट पुर्याउने निर्णय गरेको हो।
बैठकले संयुक्त प्राविधिक टोली (JTT) को अध्ययन प्रतिवेदनका आधारमा ढल्केवर–मुजफ्फरपुर र प्रस्तावित ढल्केवर–सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट हुने संयुक्त विद्युत प्रवाह (Combined Power Transfer) को क्षमता विस्तारमा सहमति जनाएको हो।
Read full story at source (arthasansar.com)