रास्वपा सांसद खत्रीको प्रश्न : मानवअधिकार आयोगको प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखियो ?
annapurnapost.com · Sun May 31 10:07:55 GMT 2026

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राजीव खत्रीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कुन पार्टी कार्यालयमा बसेर लेखियो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद खत्रीले भदौ २३ र २४ गतेको आन्दोलन जनआन्दोलन नभई यो नवयुवाहरुले मच्चाएको विध्वंश भएको निष्कर्ष मानवअधिकार आयोगले निकालेको आरोप लगाएका छन् ।
उनले जेनजी विद्रोहका कारण देशमा निर्वाचन भएको, जेनजी आन्दोलनको बलमा निर्वाचनमा गएको शक्ति आज सरकार र सदनमा रहेको र जेनजी आन्दोलनलाई सचेत युवाले गरेको आन्दोलन हो भनेर जनताले समेत अनुमोदान गरिसकेको अवस्थामा एउटा आयोग यो आन्दोलनलाई विध्वंश ठान्छ भने यो प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखियो भनेर प्रश्न किन नगर्ने भन्दै प्रश्न गरेका छन् ।
Read full story at source (annapurnapost.com)