प्रधानमन्त्री भन्छन- ‘हाम्रो ध्यान पैसामा छ’
barnanmedia.com · Sun May 31 10:30:49 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाललाई पैसाको आवश्यकता भएकोले सरकारको ध्यान पैसा बढाउनेतिर रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गरेको प्रश्नको जवाफ दिँदै उनले उत्पादन र निर्यात बढाउन तत्काललाई नेपाल अल्पविकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने कार्यक्रम स्थगित गरिएको बताए ।
उनले नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान आवश्यक रहेको बताएका छन् । निर्यातमा प्राप्त हुँदै आएका कर छुट तथा व्यापारिक सहुलियतहरूलाई ध्यानमा राखेर सरकारले रणनीतिक कदम चाल्नुपर्ने प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
Read full story at source (barnanmedia.com)