प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगरकोटी र उपकुलपतिमा अभिनाश श्रेष्ठ, रामलाल सदस्य सचिव !
shilapatra.com · Wed Jul 15 15:58:13 GMT 2026

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटीको नाम सिफारिस भएको छ । उपकुलपतिमा अभिनाश श्रेष्ठ सिफारिस भएका छन् । प्रज्ञा प्रतिष्ठानका पदाधिकारी छनोट गर्न गठित समितिले नगरकोटीलाई कुलपति र श्रेष्ठलाई उपकुलपतिमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
यस्तै रामलाल जोशीको नाम सदस्य सचिवका रूपमा सिफारिस भएको छ । प्रतिष्ठानको प्राज्ञ सदस्यका लागि तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलासी मञ्चला झा, प्रतिसरा सायमी र कृष्ण सर्वहारीलगायत सिफारिसमा परेका छन् ।
Read full story at source (shilapatra.com)