कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड बढीको सहयोग प्रदान
annapurnapost.com · Thu Aug 27 10:01:47 GMT 2026

काठमाडौं : कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख बराबरको ५ वटा अत्याधुनिक AI जडित निगरानी ड्रोन (Surveillance Drone), ३ वटा 5 KVA क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।
Read full story at source (annapurnapost.com)