जगदुल्ला–ए जलविद्युत आयोजनाको ईआईए प्रतिवेदन तयार, आयोजनाको जडित क्षमता १२४ मेगावाट
shilapatra.com · Wed Jun 24 06:32:27 GMT 2026

कर्णाली प्रदेशका तीन जिल्लामा निर्माण हुन लागेको जगदुल्ला–ए जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारीको चरणमा प्रवेश गरेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रस्तावित यो आयोजना अर्धजलाशयमा आधारित छ भने यसको जडित क्षमता १२४.३५ मेगावाट रहेन जनाइएको छ ।
शनिबार र आइतबार (६ र ७ जेठ) प्रभावित क्षेत्रका नागरिकसँग आयोजना कार्यान्वय गर्दा पर्न सक्ने सम्भावित प्रभावका बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । प्रस्तावित आयोजना कर्णाली प्रदेशको डोल्पा, जाजरकोट र रुकुम पश्चिम जिल्लाका तिन स्थानीय तहका ६ वडामा फैलिएको छ ।
Read full story at source (shilapatra.com)