विद्युत आयात–निर्यात क्षमता विस्तार गर्न नेपाल–भारत सहमत
setopati.com · Wed Jul 15 16:16:19 GMT 2026

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठकले दुई देशबीच विद्युत आयात–निर्यात क्षमता विस्तारसहित पाँच बुँदे सहमति गरेको छ।
बुधबार पोखरामा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको १३ औं बैठकले विद्युत आयात–निर्यात क्षमता वृद्धि, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा दीर्घकालीन ऊर्जा पूर्वाधार विस्तारका विषयमा पाँच बुँदे सहमति गरेको हो।
Read full story at source (setopati.com)