राष्ट्रिय सभाबाट मतदाता नामावली संशोधन विधेयक पारित, ‘नो भोट’को व्यवस्था पनि
ajakoartha.com · Sun May 31 11:11:00 GMT 2026

काठमाडौं- विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार प्रदान गर्ने व्यवस्था समेटिएको मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक बहुमतले पारित गरेको हो।
विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ मा रहेको व्यवस्था संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिइन्।
Read full story at source (ajakoartha.com)