बजारमा विषादी हालेर पकाइएका आँपको बिगबिगी
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
काठमाडौँ । मौसम नसकिँदै रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ। सदरमुकाम गौर, गरुडा, कटहरिया र चन्द्रपुर (चन्द्रनिगाहपुर) का मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (कैल्सियम कार्बाइड) रसायन प्रयोग गरिएका आँप छ्यापछ्याप्ती भेटिएका हुन्।
नेपालमा प्राकृतिक रूपमा आँप पाक्ने समय असार महिना भए पनि व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले जेठ महिनामै कृत्रिम रूपमा पकाइएका पहेँला आँप बजारमा सजाएर राखेका छन्। स्थानीय उपभोक्ताका अनुसार यस्ता अस्वस्थकर आँप बजारमा प्रति किलो २ सय रुपैयाँदेखि २ सय ४० रुपैयाँसम्मको उच्च मूल्यमा बिक्री भइरहेको छ।
Read full story at source (hamrakura.com)