कृष्णनगर भन्सार यार्ड साघुरो हुँदा समस्या
nagariknews.nagariknetwork.com · Sun May 31 11:24:10 GMT 2026

१० प्रमुख भन्सार नाकामा पर्ने कृष्णनगर भन्सार नाकामा भन्सार यार्ड साघुरो हुदा मालबाहक सवारी साधान खडा गर्न समस्या परेको छ । भन्सार कार्यालयको पुर्व पट्टी ढेड बिघा क्षेत्रफलमा यार्ड छ । मालबाहक सवारी साधनको बढदो चाप यार्डले थेक्न थाह्रो परेको छ । दैनिक सयदेखि ढेड सयका हाराहारीमा भारतीय मालबाहक सवारी साधान भन्सार छिर्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।
यस्तै नेपाली सिमेन्ट, जटीबुटी, प्लाईबुड लगायतका बस्तुहरु भारत तर्फ यही नाका हुदै निर्याता हुने गर्छ । मालबाहक सवारी साधनको चाप बर्षेनी बृद्धि हुने गरेको छ । तर सवारी साधन अटाउने यार्ड नहुदा समस्या परेको ब्यापारीहरु बताउछन । भन्सारमा यार्ड सानो हुदा भारतीय मालबाहक सवारी साधन घण्टौ भारत तर्फ पालो कुर्दै बस्न बाध्य रहेको ब्यापारीहरु गुनासो गर्छन ।
Read full story at source (nagariknews.nagariknetwork.com)