टर्कीएमा पर्यटक बस दुर्घटना: ८ जनाको मृत्यु, ३३ जना घाइते
kendrabindu.com · Sun May 31 11:42:32 GMT 2026

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य बोकेको बस इज्मिर शहरबाट भूमध्यसागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै थियो। यात्रा क्रममा डेनिज्ली प्रान्तस्थित डेनिज्ली–आयदिन राजमार्गमा बस अनियन्त्रित भई सडक किनारको सुरक्षा बारमा ठोक्किएको थियो।
Read full story at source (kendrabindu.com)