इरानको यात्रा नगर्न भारतीय नागरिकलाई चेतावनी जारी
barnanmedia.com · Wed Jun 24 07:06:40 GMT 2026

नयाँदिल्ली । मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा, इरान स्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ ।
औपचारिक जारी गरिएको सुरक्षा सुझावमा, दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । पछिल्लो समयमा सकारात्मक घटनाक्रम र समग्र स्थितिमा भएको सुधारउन्मुख अवस्थामा पनि दूतावासले इरान यात्रा गर्ने विचार गरिरहेका भारतीय नागरिकहरूका लागि संशोधित सुझाव जारी गरेको जनाइएको छ । हालैका सुधारहरूका बावजुद, पनि अर्को सूचना नआए सम्म भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न सल्लाह दिएको दूतावासले समाजिक सञ्जाल एक्स मार्फत जनाएको हो ।
Read full story at source (barnanmedia.com)