इन्धनको मूल्य घटेन, साविककै मूल्य यथावत रहन्छ
nepalpress.com · Wed Jul 15 17:02:47 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि नेपाल आयल निगमले भने पुरानै मुल्यलाई यथावत राखेको छ ।
निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य साविककै अवस्थामा यथावत राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले स्पष्ट पारेको छ ।
Read full story at source (nepalpress.com)