नेपाललाई अहिले प्राविधिक सहयोग आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
ratopati.com · Sat Aug 29 05:28:50 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विनाशकारी बाढीपछि नेपाललाई विदेशबाट प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । परराष्ट्रमन्त्री खनालले रोयटर्ससँग कुरा गर्दै सुरुङमा फसेका मानिसको उद्धार, ध्वस्त पुलका कारण अवरुद्ध यातायात तथा सञ्चार सेवा पुनः सञ्चालन, शव पहिचान, डीएनए परीक्षण तथा लामो समयसम्म शव सुरक्षित राख्ने प्रविधिमा नेपाललाई विदेशी सहयोग आवश्यक रहेको बताएका हुन् ।
बुधबार हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि ठुलो परिमाणमा ढुङ्गा, बरफ, हिलो र माटोसहितको बाढी नदी प्रणाली हुँदै नेपाल र चीनको तिब्बततर्फ बगेको थियो । यसबाट नेपाल र तिब्बतमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको तथा २ हजारभन्दा बढी अझै सम्पर्कविहीन रहेको अवस्था छ ।
Read full story at source (ratopati.com)