ओमोडा ई–फाइभ प्रो नेपालमा सार्वजनिक, मूल्य कता ?
shilapatra.com · Sun May 31 12:11:08 GMT 2026

नेपालमा ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आइतबार नेपाली बजारमा बहुप्रतीक्षित नयाँ ओमोडा ई–फाइभ प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालमा पहिले नै एक हजार पाँच सयभन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई–फाइभको उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ ई–फाइभ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ ।
नेपालमा सार्वजनिक भएदेखि नै ओमोडा ई–फाइभ आफ्नो भविष्यवादी डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय विद्युतीय एसयूभीमध्ये एक बन्न सफल भएको छ । नयाँ ओमोडा ई–फाइभ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ ।
Read full story at source (shilapatra.com)