होर्मुज जलमार्ग अवरोधको असर : १२ सय भन्दा बढी मालवाहक जहाज समुद्रमै रोकिए
aarthiknews.com

काठमाडौं । विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग बन्द हुँदा १२ सय भन्दा बढी मालवाहक जहाज समुद्रमै रोकिएको जनाइएको छ। बेलायती दैनिक फाइनान्सियल टाइम्सले बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदन उद्धृत गर्दै ती जहाजमा करिब १२५ अर्ब अमेरिकी डलर बराबरका सामान रहेको उल्लेख गरेको छ।
एलियान्जका समुद्री विभाग प्रमुख जस्टस हेनरिकका अनुसार जलमार्ग अवरुद्ध हुँदा बीमा कम्पनीहरूले वहन गर्नुपर्ने जोखिमको स्वरूपमा समेत ठूलो परिवर्तन आएको छ। उनले प्रमुख समुद्री मार्ग बन्द हुँदा ढुवानी, बीमा र आपूर्ति शृङ्खलामा व्यापक असर पर्ने बताएका छन्।
Read full story at source (aarthiknews.com)