अमेरिकी लडाकु विमान खसाल्न इरानले चिनियाँ मिसाइल प्रयोग गरेको दाबी
barnanmedia.com · Sun May 31 12:23:02 GMT 2026

गत अप्रिलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ ई स्ट्राइक इगल लडाकु विमानमाथि चीनमा निर्मित (काँधमा बोकेर प्रहार गर्न सकिने) मिसाइल प्रहार गरिएको दाबी गरिएकाे छ । अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजले प्रकाशित गरेको एक रिपोर्टअनुसार सो मिसाइल प्रहार गरिएको दाबी गरिएकाे हाे ।
रिपोर्टमा यो विषयमा जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै उक्त दाबी गरिएको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष सार्वजनिक भइनसकेको बताएका छन् ।
Read full story at source (barnanmedia.com)