कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न, योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने
corporatenepal.com · Sun May 31 13:01:46 GMT 2026

काठमाडौँ । संस्थागत विद्यालयहरुबाट प्रदान हुने कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले आज छनोट परीक्षा सम्पन्न गरेको छ ।
८३ वटा केन्द्रमा आज विहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन भएको हो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार १६ जना अर्थात् ८२.७६ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी थिए ।
Read full story at source (corporatenepal.com)