अर्जेन्टिनाले फर्कायो बराबरी गोल
onlinekhabar.com · Wed Jul 15 20:50:42 GMT 2026
३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको ८५औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काएका हुन् । कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले डिबक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे ।
Read full story at source (onlinekhabar.com)