विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
ratopati.com · Wed Jul 15 22:01:35 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार इङ्गल्यान्ड विरुद्ध अर्जेन्टिनाले २–१ को नाटकीय जित निकालेपछि लियोनेल मेस्सी ‘गोल्डेन बुट’ को दौडमा पुनः शीर्ष स्थानमा फर्किएका छन् । सेमिफाइनल खेलमा उनले व्यक्तिगत गोल गर्न नसके पनि दुई वटा महत्त्वपूर्ण गोलका लागि अवसर (असिस्ट) सिर्जना गरेका थिए ।
यसअघि फ्रान्सका किलियन एम्बाप्पे र मेस्सी समान ८–८ गोलका साथ बराबरीमा रहेका थिए । तर समान गोल भएको अवस्थामा बढी असिस्ट गर्ने खेलाडी अघि रहने फिफाको पहिलो टाइ–ब्रेकर नियम अनुसार ४ असिस्ट गरेका मेस्सी पहिलो स्थानमा उक्लिएका छन् भने ३ असिस्ट गरेका एम्बाप्पे दोस्रो स्थानमा पछि परेका छन् ।
Read full story at source (ratopati.com)