रेडक्रसमा विगतका भ्रष्टाचार र बेथिति छानबिनको तयारी, उजुरी आव्हान
nepalpress.com · Wed Jun 24 12:22:55 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाभित्र भएगरेका आर्थिक अनियमितता, भ्रष्टाचार र बेथितिहरूलाई निर्मूल पार्न उजुरी आह्वान गरेको छ । साङ्गठनिक एवं गतिविधि सञ्चालनका क्रममा विगतमा विभिन्न तहमा देखिएका बेथितिका कारण संस्थाको छवि र निष्ठामा नकारात्मक प्रभाव परेपछि रेडक्रसमा नयाँ तदर्थ समिति आएसँगै यस्तो कदम चालिएको हो ।
केन्द्रीय कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै अनियमितता र भ्रष्टाचारका विषयमा तथ्य र प्रमाणसहित ३५ दिनभित्र उजुरी दिन सरोकारवाला सबैमा आह्वान गरेको छ । उजुरी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता जनाइएको छ ।
Read full story at source (nepalpress.com)